singel post top banner

अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
२३७ पटक हेरिएको
Shares
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु

सारांश

  • अमेरिकाको फेयरफ्याक्स काउन्टी, भर्जिनियामा उदयपुर बेलका नगरपालिका घर भएका एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् भने आक्रमणमा परेका ज्वाइँ गम्भीर घाइते भएका छन्।
  • स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान स्थानीय समयअनुसार करिब ५ः१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो।
  • पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् ।

अमेरिकाको फेयरफ्याक्स काउन्टी, भर्जिनियामा उदयपुर बेलका नगरपालिका घर भएका एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् भने आक्रमणमा परेका ज्वाइँ गम्भीर घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान स्थानीय समयअनुसार करिब ५ः१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र ५० वर्षीय छत्रबहादुर थापाले धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया श्रीमती बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् ।

घटनाका बेला ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत बाहिर गाडीबाट हिउँ हटाइरहेका थिए। घरभित्र असामान्य कोलाहल सुनेपछि उनले ९११ मा फोन गरी प्रहरीलाई खबर गरेका थिए। त्यसपछि हतारिँदै घरभित्र पस्दा उनले आफ्नी श्रीमती र सासूलाई गम्भीर घाइते अवस्थामा भेटेका थिए। सोही क्रममा थापाले बस्नेतमाथि पनि आक्रमण गरेका थिए, जसका कारण बस्नेत गम्भीर घाइते भएका छन् र उनको उपचार भइरहेको जनाइएको छ।

प्रहरी घटनास्थलमा पुग्दा थापा बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा रहेको जनाइएको छ। पटक–पटक हतियार छोड्न आदेश दिँदा पनि नमानेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर थापाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल रहेका छन्। प्रारम्भिक अनुसन्धानमा परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक इतिहास वा प्रहरीमा दर्ता उजुरी नभेटिएको जनाइएको छ।

घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको र प्रहरीले आफन्त तथा समुदायका सदस्यहरूसँग समन्वय गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
कास्की १ का उम्मेदवार राजकाजी गुरुङले सहिदको शालिकमा माल्यार्पण गरेर शुरु गरे भेटघाट
singel sidbar banner
singel sidbar banner 2