पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप,६८ सेल अश्रु ग्यास प्रहार
सारांश
- रौतहट ।
- रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा सरस्वती पूजाको मूर्ति सेलाउन जाने क्रममा २ समुदायबीच बढेको विवादले उग्र रुप लिएको छ ।
- मूर्ति सेलाउन गएको जुलुस र फरक समुदायका केही व्यक्तिहरूबीच भनाभन सुरु भएपछि घटना झडपमा परिणत भएको हो ।

रौतहट । रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा सरस्वती पूजाको मूर्ति सेलाउन जाने क्रममा २ समुदायबीच बढेको विवादले उग्र रुप लिएको छ ।
मूर्ति सेलाउन गएको जुलुस र फरक समुदायका केही व्यक्तिहरूबीच भनाभन सुरु भएपछि घटना झडपमा परिणत भएको हो । प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा ल्याएको छ ।झडपमा केही स्थानीय र सुरक्षाकर्मी सामान्य घाइते भएका थिए । घाइतेहरु उपचारपछि घर फर्किसकेका छन् । घटनापछि रामपुरखाप क्षेत्रमा सुरक्षा कडा पारिएको छ ।
रौतहट प्रहरीका सूचना अधिकारी तथा डीएसपी विष्णुप्रदीप बस्यालले दुवै पक्षलाई संयमित रहन र समाजमा अशान्ति फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । प्रहरीका अनुसार आवश्यक अनुसन्धान र सोधपुछका लागि केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।जिल्ला प्रशासन कार्यालय रौतहटले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित रहन अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले राजनीतिक दलको सहभागितामा स्थानीय अगुवासँग छलफल गरी समस्या समाधान गरिने जानकारी दिए ।




प्रतिक्रिया