“काँग्रेस भित्र अब कुनै गुट छैन”–सभापति शर्मा
सारांश
- पोखरा, १८ माघ प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ अन्तरगत पोखरा–८ सिमलचौरमा आइतबार चुनाव प्रचार प्रसार समितिको मम्पर्क कार्यालय स्थापना गरिएको छ ।
- उक्त सम्पर्क कार्यालय नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कास्की निर्वाचन क्षेत्र नं २ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका माधव प्रसाद बाँस्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
- कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली काँग्रेसमा कुनै गुट नरहेको बताएका छन् ।


पोखरा, १८ माघ
प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ अन्तरगत पोखरा–८ सिमलचौरमा आइतबार चुनाव प्रचार प्रसार समितिको मम्पर्क कार्यालय स्थापना गरिएको छ ।
उक्त सम्पर्क कार्यालय नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र कास्की निर्वाचन क्षेत्र नं २ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका माधव प्रसाद बाँस्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली काँग्रेसमा कुनै गुट नरहेको बताएका छन् । एक भएको काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उनले जोड दिए । साथै उनले पार्टीको जिम्मेवारी युवाको काँधमा गएकाले अब युवाका माग काँग्रेसले सम्बोधन गर्ने भनाइ उनको छ ।
नेपाली काँग्रेस सुशासन, समृद्धि र महंगी नियन्त्रण गर्ने अभियानमा सधै लागिरहेको बताउँदै युवाका मागलाई सम्बोधन गर्दै काँग्रेस अगाडि वढ्छ, उनले भने– “काँग्रेस खुला किताव हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रुपमा आफ्ना हरेक क्रियाकलाप गर्न सक्ने वातावरण काँग्रेसमा मात्र छ, अरु पार्टीका छैन ।”
लामो समयदेखि प्रजातन्त्रका लागि लड्दै आएको नेपाली काँग्रेस बलियो पार्टी भएको देख्ने चाहना हरेक नेपालीको भएकाले त्यसै अनुसार पार्टी अगाडि वढ्ने भनाइ उनको छ ।
नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बाँस्तोला “मधु” ले नेपाली काँग्रेसले जेन्जीका मागलाई समेटेर अगाडि वढ्ने वताउँदै काँग्रेसले विशेष महाधिवेशनबाट पार्टी सभापति युवालाई नै सुम्पिएको बताए ।
आफ्नो विचारमा स्पष्ट रहेको नेपाली काँग्रेस संविधान संशोधन मार्फत संविधानका त्रुटी कमजोरी सच्याएर अगाडि वढ्ने प्रतिवद्धता मतदाता माझ व्यक्त गरे । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोसीले सुधारिएर आएको काँग्रेसलाई नेपाली जनताले विश्वास गर्ने दावी गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं ८ का एकाई समापति रमेश बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सचिव देवकृष्ण पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।




प्रतिक्रिया