singel post top banner

घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
२८९ पटक हेरिएको
Shares
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट

सारांश

  • नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।
  • उनले बिहिबार र शुक्रबार मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
  • आम मतदातासँग मतसँगै सुझाव माग्दै उनले दुवै वडामा विकासको खाका कसरी बनाउने र समृद्ध मादी बनाउनको लागि कसरी काम गर्ने भनेर स्थानीय मतदाताहरूसँग सुझाव समेत मागेका छन्।

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले बिहिबार र शुक्रबार मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। आम मतदातासँग मतसँगै सुझाव माग्दै उनले दुवै वडामा विकासको खाका कसरी बनाउने र समृद्ध मादी बनाउनको लागि कसरी काम गर्ने भनेर स्थानीय मतदाताहरूसँग सुझाव समेत मागेका छन्। उनले वडा नम्बर ८ अन्तर्गतका पाखुरीकोट, नागिधार,रबैडाँडा पोश, परक्यु लगायत वडा नम्बर ९ का गहते च्याङ्ग्दी मिजुरे, गोर्जे मोग्री मोग्रिबेसी पालुवा बेसी लगायतका ठाउँहरूमा मतदाताहरूसँग भेटघाट गरेका छन् । मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा चुनाव प्रचारप्रसार सचिवालय उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले समय अनुकूल जनताको मागअनुसारको विकास गर्न नेपाली कांग्रेस सदैव तयार रहेको धारणा व्यक्त गरेका थिए। त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, कास्की जिल्ला सभापति किशोर दत्त बराल, जिल्ला सचिव भानुभक्त ढकाल, मादी गाउँपालिका सभापति यमबहादुर गुरुङ, क्षेत्रीय सचिव ओम प्रकाश गुरुङ वडा नम्बर ८ सभापति राजेन्द्र अधिकारी, वडा नम्बर ९ सभापति प्रभात अधिकारी क्षेत्रीय प्रतिनिधिहरू आशा गुरुङ कमलमणि अधिकारी सञ्जय गुरुङ चेतबहादुर गुरुङ जनकदत्त अधिकारी महेन्द्र शाही सुचिता तामाङ कृष्ण न्यौपाने स्थानीय नेताहरू तुलबहादुर गुरुङ शंकर तामाङ दिपाल गुरुङ लगायतले उम्मेदवारलाई सफलताको शुभकामना र विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले सबैसँग मिलेर विकासमा हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आफू राजनीति सिक्दै गरेको अवस्थामा आफू जन्मेको र हुर्केको मादी गाउँपालिकाका स्थानीयहरूले सल्लाह सुझाव दिएर नै आफू अगाडि बढ्ने व्यक्त गरेका छन्।

साथै नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ । वडा कार्यसमितिहरूलाई लक्षित गरी चुनावी रणनीति र मतदाता प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस का निवर्तमान सह महामन्त्री जीवन परियार र नेता प्राध्यापक डाक्टर कुशमाकर न्यौपानेले सहजीकरण गर्नुभएको थियो। नेपाली कांग्रेस पोखरा महानगरपालिकाका सभापति सुरेन्द्रमान बिजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति बजिरमान श्रेष्ठ, महिला नेत्री माया बराल, उपसभापति प्रयागराज भण्डारी, सचिव टुबराज बास्तोला र परमेश्वर कार्कीले बोल्नुभएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
फेवा महोत्सवको तयारी सकियो, आइतबार उद्घाटन हुँदै
फेवा महोत्सवको तयारी सकियो, आइतबार उद्घाटन हुँदै
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
singel sidbar banner
singel sidbar banner 2