singel post top banner

“फागुनमा पानी पर्छ कि पर्दैन?”- मौसम विभाग

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, माघ २३, २०८२
|
|
३६२ पटक हेरिएको
Shares
“फागुनमा पानी पर्छ कि पर्दैन?”- मौसम विभाग

सारांश

  • काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका दिन पानी पर्ने वा हिमाली क्षेत्रमा हिमपातको सम्भावनाबारे मौसम विभागसँग सोधेको छ ।
  • जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसको जवाफसमेत फर्काइसकेको छ ।
  • निर्वाचन आयोगले पत्र नै पठाएर महाशाखालाई फागुनको मौसमी अवस्थाबारे सोधेको थियो।

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका दिन पानी पर्ने वा हिमाली क्षेत्रमा हिमपातको सम्भावनाबारे मौसम विभागसँग सोधेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसको जवाफसमेत फर्काइसकेको छ । निर्वाचन आयोगले पत्र नै पठाएर महाशाखालाई फागुनको मौसमी अवस्थाबारे सोधेको थियो।जबाफमा महाशाखाले एक साताको मौसमी अवस्था मात्रै महाशाखाले भन्न सक्ने कुरा उल्लेख गरेको छ।‘जल तथा मौसम विज्ञान विभागले पत्रबाटै जानकारी गराउनुभएको छ- अहिले पछिल्लो प्रविधिअनुसार एक सातासम्मको मौसमी अवस्था जानकारी दिन सक्नु हुने रहेछ। त्यसभन्दा अघिको भविष्यवाणी गर्न सक्ने खालको प्रविधि रहेनछ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘हामीले फागुन १० गतेदेखि ३० गतेसम्मको मौसम पूर्वानुमान पठाउन भनेका थियौं। उहाँहरूले निकै मेहनत गरेर पछिल्लो ३० वर्षको औसतमा रेकर्ड पठाउनुभएको छ।’महाशाखाले विगत लामो समयको अध्ययन गरेर फागुनमा पानी नपरेको अवस्थाबारे आयोगलाई जानकारी गराएको छ। विगत ३० वर्षको अवस्था हेर्दा फागुन २० देखि २३ गतेसम्म पानी नपरेको देखिएको महाशाखाले आयोगलाई जानकारी गराएको हो। मौसमकै कारणले निर्वाचन प्रभावित हुने नदेखिएको पनि उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2