singel post top banner

रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, चैत्र ४, २०८१
|
|
४३ पटक हेरिएको
Shares
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण

सारांश

  • रत्ननगर, चैत ४ ।
  • रत्ननगर नगरपालिका वडा नं.
  • ५ मा रहेका अपाङ्गता भएका –पूर्ण र अतिअशक्त भत्ता प्राप्त गरिरहेका) व्यक्तिहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।

रत्ननगर, चैत ४ । रत्ननगर नगरपालिका वडा नं.५ मा रहेका अपाङ्गता भएका –पूर्ण र अतिअशक्त भत्ता प्राप्त गरिरहेका) व्यक्तिहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।
वडा कार्यालयमार्फत वडाभित्रका ‘क’ र ‘ख’ वर्गका अपाङ्ग कार्ड प्राप्त गरेका २९ जनालाई सामग्री वितरणसँगै स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष बालकृष्ण चापागाईंले बताए ।
वडा कार्यालयको आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित लक्षितवर्ग-बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग युवा, एकल महिला तथा सुत्केरी तथा अन्य कार्यक्रम)अन्तर्गत २९ जनालाई एक–एकवटा हर्लिक्स, समर बलाङ्केट, गोलो झुल वितरण गरिएको वडाध्यक्ष चापागाईंले जानकारी दिए ।

अपाङ्गहरुको समस्या र गुनासो बुझ्नको लागि घर–घरमै पुगेर स्वास्थ्य सामग्रीसँगै स्वास्थ्य परीक्षण गरिएको उनले बताए । उनले वडाभित्रका अशक्तहरुको मासिकरुपमा घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने गरिएको जानकारी दिए ।

सोमबार वडा कार्यालय र नगर स्वास्थ्यकेन्द्र, टरौलीले अपाङ्गता भएका २९ जनाको स्वास्थ्य परीक्षण गरेको र आवश्यक मात्रामा औषधिसमेत वितरण गरिएको स्वास्थ्यकेन्द्रका प्रमुख गोविन्दप्रसाद शर्माले बताए ।

उनले यस अभियानकै क्रममा गर्भवती खोज कार्यक्रमसमेत गरिएको र नयाँ तीन जना गर्भवती महिला सम्पर्कमा आएका र नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकेन्द्रमा सम्पर्क गर्न सुझाव दिइएको बताए ।
सामग्री हस्तान्तरण तथा स्वास्थ्य परीक्षण कार्यक्रममा वडा सदस्यहरु नाथुराम महतो, राजेश महतो, निलु शर्मा खतिवडा, ज्ञानु सुनार, वडा सचिव दिनेश सुवेदी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2