singel post top banner

पोखरामा एम्नेष्टी ईन्टरनेसनलको साधारण सभा

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, आषाढ ७, २०८३
|
|
१० पटक हेरिएको
Shares
पोखरामा एम्नेष्टी ईन्टरनेसनलको साधारण सभा

सारांश

  • पोखरा, असार ।
  • पोखरामा एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ को साधारण सभा सम्पन्न भएको छ ।
  • शनिवार संस्थाको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

पोखरा, असार । पोखरामा एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ को साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाका प्रमूख अतिथि  एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ का संस्थापक सदस्य कपिलनाथ कोइरालाले कार्यक्रमको व्यानरमा हस्ताक्षर गरेर  उद्दघाटन गरेका थिए ।
सो अवसरमा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष समेत रहेका कोइरालाले नेपालमा २०४६ सालमा प्रजातन्त्र स्थापना पश्चात मानव अधिकारका बारेमा चर्चा परिचर्चा हुँदा पोखरामा एम्नेष्टी इन्टरनेसनल संस्था स्थापना गरिएको स्मरण गरे । पोखरामा संगठित भएर मानवअधिकारको क्षेत्रमा काम गरौं भन्ने भावनाका साथ संस्था गठन गरिएको उनको भनाइ छ । गरिमामय रुपमा स्थापित भएको संस्थाको उपस्थिति पछिल्ला दिनमा कमजोर भएको महसुस हुँदा दुख लागेको भन्दै कोइरालाले आगामी दिनमा प्रभावकारी भूमिका खेल्न आग्रह गरे ।
त्यसैगरी साधारण सभाको अध्यक्षता गरेकी संस्थाकी कार्यवाहक संयोजक अधिवक्ता मीनाकुमारी रानाभाटले आस्थाका आधारमा राज्यले कसैलाई पनि विभेद गर्नु हुँदैन भन्ने मान्यता बोकेर संस्था स्थापना भएको उल्लेख गरिन् । संस्थाका सदस्यहरुले ओजपूर्ण संस्थाका रुपमा रहेको एम्नेष्टीको महत्व बुझेर अगाडि बढ्न आवश्यक रहेको कार्यवाहक संयोजक अधिवक्ता रानाभाटको भनाइ छ ।
कार्यक्रममा संस्थाका पूर्वसंयोजक नविन बरालले एम्नेष्टीका गतिविधि माथि प्रकाश पारेका थिए । संस्थाकी सल्लाहकार मञ्जु गौतम र  संस्थाका नयाँ सदस्य गणेश कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन संस्थाकी सचिव ज्योती हमालले गरेकी थिइन् । सोही अवसरमा संस्थाका नयाँ सदस्यहरुलाई पनि स्वागत गरिएको थियो ।आफु भन्दा फरक विचार वा आस्थाका कारण पनि नागरिकलाई थुनामा राख्ने यातना दिने जस्ता गैह्र कानून कारवाहीका बिरुद्ध आवाज उठाउने र आस्थाका आधारमा बन्दी बनाइएका नागरिकहरूको रिहाई लागी अपिल गर्ने उदेश्य सहित सन् १९६१ मा बेलायती कानून व्यवसायी पिटर बेनेन्सन समेतले यो अन्तराष्ट्रिय संस्थाको स्थापना गरेका थिए  ।
अन्नपूर्ण समुह ५४ एम्नेष्टी इन्टरनेसनल अन्तर्गतको एक समुह हो । संस्थामा हाल ५६ जना सदस्यहरू आवद्ध रहेका बताइएको छ । २४औं साधारण सभा तथा १२ औं अधिवेशनले विष्णु हरी पन्थीको संयोजकत्वमा नयाँ कार्य समिति चयन गरेको थियो । गतवर्ष संयोजक पन्थीको निधन भएपछि रानाभाट संस्थाको कार्यवाहक संयोजकका रुपमा रहेकीछिन् । यस वीचमा समूहले विभिन्न गतिविधिहरुमा सहभागी हुने तथा कार्यक्रमहरु संचालन गरेको सो अवसरमा जानकारी दिइएको छ ।
आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । जसमा एम्नेष्टी ईन्टरनेसनल नेपालको केन्द्रिय समितिले आह्वान गरेका कार्यक्रमहरूलाई सफल पार्ने, समितिले प्रत्येक वर्ष गर्ने कार्यक्रमहरू मानव अधिकार दिवस, नारी दिवस र एम्नेष्टी स्थापना दिवस जस्ता महत्वपूर्ण दिवसमा गरिने कार्यक्रमलाई निरन्तरता दिइने लगायत रहेका छन् ।
संस्थाका नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम र सबै सदस्यहरूलाई मानव अधिकार प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । त्यसैगरी मानव अधिकारको संरक्षण र प्रबद्र्धनमा सम्बन्धित निकायहरूसंग संयोजन गरिने संस्थाकी सचिव ज्योती हमालको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2