singel post top banner

पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, चैत्र २८, २०८२
|
|
११५ पटक हेरिएको
Shares
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू

सारांश

  • अभिनाशको किर्तिमानी हाई जम्प, गण्डकी ६ स्वर्णका साथ अग्रता पोखरा ।
  • पोखरामा शनिबारदेखि ‘चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप’ तथा ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट २०२६’ सुरू भएको छ ।
  • पोखरा रंगशालामा सुरू भएको प्रतियोगिताको पहिलो दिन यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपतर्फ घरेलु टोली गण्डकीले सुखद सुरुआत गर्दै ६ स्वर्ण, ५ रजत र २ कास्य पदक जित्दै अग्रता कायम गर्न सफल भएको छ भने बागमती प्रदेश ३ स्वर्ण र ६ रजतका साथ दोस्रो स्थान तथा सुदुर पश्चिम ३ स्वर्ण, २ रजत र १ काश्य पदकका साथ तेस्रो स्थानमा रहेको छ ।

अभिनाशको किर्तिमानी हाई जम्प, गण्डकी ६ स्वर्णका साथ अग्रता

पोखरा । पोखरामा शनिबारदेखि ‘चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप’ तथा ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट २०२६’ सुरू भएको छ ।पोखरा रंगशालामा सुरू भएको प्रतियोगिताको पहिलो दिन यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपतर्फ घरेलु टोली गण्डकीले सुखद सुरुआत गर्दै ६ स्वर्ण, ५ रजत र २ कास्य पदक जित्दै अग्रता कायम गर्न सफल भएको छ भने बागमती प्रदेश ३ स्वर्ण र ६ रजतका साथ दोस्रो स्थान तथा सुदुर पश्चिम ३ स्वर्ण, २ रजत र १ काश्य पदकका साथ तेस्रो स्थानमा रहेको छ ।कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा तथा नेपाल एथलेटिक्स संघको सहकार्यमा शुरू भएको पहिलो दिन यू–२० तर्फ बागमतीका अभिनाश सुनारले हाइजम्पतर्फ नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १.८२ मिटर जम्प गर्दै स्वर्ण पदक जिते । यसअघि गण्डकीका गणेश विकको नाममा रहेको १.८१ मिटरको कीर्तिमान उनले तोडेका हुन् ।

सोही स्पर्धामा गण्डकीका विवेक महतोले १.७५ मिटर जम्प गर्दै रजत पदक जित्दा सुदूरपश्चिमका दिनेश तिलाखीले १.६५ मिटरका साथ कास्य पदक हात पारे । महिलातर्फ हाइजम्पमा गण्डकीकी सुर्खेतीले १.३७ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । गण्डकीकै करिष्मा महतोले १.३४ मिटरका साथ रजत तथा मधेश प्रदेशकी स्मृती चौधरी र कोशीकी ममता कुमारी यादवले समान १.३० मिटर जम्प गर्दै कास्य पदक जिते ।१०० मिटर पुरुष दौडमा बागमतीका प्रविन रानाले १०.४४ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । गण्डकीका सुदीप भण्डारीले १०.५३ सेकेन्डमा रजत तथा कोशी प्रदेशका सुजन मण्डलले ११.०३ सेकेन्डमा कास्य पदक जिते । महिलातर्फ सोही स्पर्धामा गण्डकीकी अनुष्का अधिकारीले १२.८१ सेकेन्डमा स्वर्ण पदक जितिन् भने बागमतीकी दिना गोपालीले १३.१५ सेकेन्डमा रजत र कोशीकी विनिशा रिजालले १३.४० सेकेन्डको समय खर्चिदै कास्य पदक जिते ।

१५०० मिटर पुरुष तथा महिलातर्फ पनि गण्डकीले स्वर्ण पदक जितेको छ । पुरुषतर्फ गण्डकीका बादल कार्कीले ४ मिनेट ०९.३५ सेकेन्डमा स्वर्ण पदक जिते । बागमतीका हस्त सुनारले ४ मिनेट ०९.८२ सेकेन्डमा रजत तथा लुम्बिनीका नरेन्द्र दानीले ४ मिनेट १४.०३ सेकेन्डमा कास्य पदक जिते । महिलातर्फ गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १०.२७ सेकेन्डमा स्वर्ण, बागमतीकी भगवती खड्काले ५ मिनेट १६.५३ सेकेन्डमा रजत तथा लुम्बिनीकी गुन्जा यादवले ५ मिनेट २७.९१ सेकेन्डमा कास्य पदक हात पारिन् ।सटपुट पुरुषतर्फ लुम्बिनीका राजन भण्डारीले १०.७४ मिटर थ्रो गर्दै स्वर्ण पदक जिते । कर्णालीका गणेश कमाल भामले १०.५८ मिटर थ्रो गर्दै दोस्रो स्थानमा सीमित भए भने गण्डकीका विशन मारुथाले १०.३९ मिटर थ्रो गर्दै कास्य पदक जिते । त्यस्तै महिलातर्फ सुदुरपश्चिमका कृष्णा बम र पुजा साउदले क्रमश स्वर्ण र रजत पदक जितेका छन् । कृष्णाले ७.९९ मिटर थ्रो गरिन् भने पुजाले ७.९८ मिटर थ्रो गरिन् । कोशीकी अलिना लिम्बुले ७.८९ मिटरका साथ काश्य पदक हात पारिन् ।यसै गरी ४०० मिटर दौड पुरुषतर्फ गण्डकीका प्रकाश महतोले ५२ः५४ को समय लिंदै स्वर्ण पदक जितेका छन् भने लुम्बिनीका अनुप थारु र स्रिचन नेपालीले क्रमश रजत र काह्य पदक जिते । अनुपले ५२ः९५ सेकेण्डमा दौड पुरा गर्दा स्रिचनले ५३ः२० सेकेण्डमा दौड पुरा गरे ।

यस्तै महिलातर्फ १ मिनेट ९१ सेकेण्डमा दौड पुरा गरी सुदुर पश्चिमकी संगिता विकले स्वर्ण, १ मिनेट ३ः४६ सेकेण्डको समय लिंदै बागमतीकी अनिषा थारुले रजत तथा १ मिनेट ४ः३४ सेकेण्डमा दौड पुरा गरी कर्णाली प्रदेशकी कृष्णा रानाले काश्य पदक जितिन् ।यू–२० राष्ट्रिय एथलेटिक्सतर्फ नै पुरुष ज्याभलिन थ्रोमा ५४.८८ मिटर थ्रो गर्दै कोशीका सोहेल मनसुरीले स्वर्ण, ५३.८८ मिटर थ्रो गरेका सुदुर पश्चिमका लोकश ऐरीले रजत तथा ५१.५९ मिटर थ्रो गर्दै गण्डकीका उत्तम गुरूङले काश्य पदक जिते । त्यस्तै महिला ज्याभलिनतर्फ सुदुर पश्चिमकी पुजा साउदले ३४.६६ मिटर थ्रो गर्दै स्वर्ण, गण्डकीकी बिनिता नेपाली ३०.१० मिटर थ्रो गर्दै रजत तथा मधेश प्रदेशकी नाभिया महतोले २८.५५ मिटर थ्रो गर्दै काश्य पदक हात पारिन् ।यू–२० राष्ट्रिय एथलेटिक्सतर्फ नै सम्पन्न ४ह१०० रिले पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जितेको छ भने बागमती रजत तथा लुम्बिनी प्रदेशले काश्य पदक जितेको छ । त्यस्तै महिलातर्फ बागमतीले स्वर्ण पदक जित्दा गण्डकीले रजत तथा लुम्बिनीले काश्य पदक जितेको छ ।

यू–२० राष्ट्रिय एथलेटिक्सतर्फ सबै इभेन्टका बिजेताले क्रमश नगद रु ३, २ र १ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।यसअघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गरेका थिए । उनले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको राजधानीका रूपमा पनि स्थापित भइरहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले प्रदेशलाई खेलकुदमार्फत अझ सक्रिय बनाउने बताए । साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनसँगै अनुशासित नागरिक बन्न आग्रह गरे ।

उद्घाटन कार्यक्रम कास्की एथलेटिक्सका अध्यक्ष गजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘चौथो यू–२० राष्ट्रिय एथलेटिक्स’ र ‘दोस्रो पोखरा ओपन एथलेटिक्स मिट’ गरी कुल ४६६ खेलाडीको सहभागिता रहेको संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । यू–२० तर्फ २४ तथा पोखरा ओपनतर्फ ३० इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । यो प्रतियोगिता मार्फत यू–२० एशियन च्याम्पियनसिपका लागि खेलाडी छनोट हुने आयोजकले जनाएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2