छप्ल्याङमा कास्की २ का उम्मेदवार किरण थापा
सारांश
- कम्युनिस्ट पार्टी कास्की क्षेत्र नम्बर २ का उम्मेदवार किरण थापा ले चुनावी अभियानलाई तीव्र बनाएका छन्।
- पोखरा ३३ छप्ल्याङका स्थानीय तथा आमा समूहको भेलालाई उम्मेदवार थापाले सम्बोधन गरेका छन्।
- छप्लाङ टोल विकास संस्थाको आयोजनामा आयोजित कार्यक्रममा स्थानीय नवदुर्गा आमा समूहका पदाधिकारी तथा प्रतिनिधिहरूले उम्मेदवार थापालाई हुने खानेको भन्दा हुँदा खानेको पक्षमा कानुन बनाउन आग्रह गरे।
कम्युनिस्ट पार्टी कास्की क्षेत्र नम्बर २ का उम्मेदवार किरण थापा ले चुनावी अभियानलाई तीव्र बनाएका छन्। पोखरा ३३ छप्ल्याङका स्थानीय तथा आमा समूहको भेलालाई उम्मेदवार थापाले सम्बोधन गरेका छन्। छप्लाङ टोल विकास संस्थाको आयोजनामा आयोजित कार्यक्रममा स्थानीय नवदुर्गा आमा समूहका पदाधिकारी तथा प्रतिनिधिहरूले उम्मेदवार थापालाई हुने खानेको भन्दा हुँदा खानेको पक्षमा कानुन बनाउन आग्रह गरे। उम्मेदवार थापाले आफू जन्मेको र आफूले मेला, पर्म गरेको ठाउँ मा आफूलाई उम्मेदवारको रुपमा नभई आफू छोरा एवं साथीको नाताले मतदान गर्न आग्रह गरे। “संविधान बाहिरबाट बनेको सरकारका कारण हाम्रो राष्ट्रियता नै धरापमा परेकोले यतिबेला हामीले मतदान गर्दाखेरि देश र राष्ट्रियता बाँच्ने गरी गर्नुपर्नेछ” उम्मेदवार थापाले भने। कार्यक्रममा उम्मेदवार थापाले आफू निर्वाचित भएर गएमा जनताको मनोभावना अनुरूपको नीति निर्माण गरी विकास निर्माणमा प्रदेश संघ र स्थानीय सरकारको समन्वयमा भूमिका खेल्ने बताए। महानगरपालिका भएर पनि सेवा सुविधाका कारण विकासमा पछाडि परेको दुखेसो स्थानीयले उम्मेदवारसँग राखे। करिब ७५ घर धुरी भएको पोखरा ३३ छिप्ल्याङमा १५ वटा घरजग्गा वालाले मात्र लालपुर्जा पाएका छन्। कार्यक्रममा सहभागी स्थानीयले दुई पुस्तासम्म ५० भन्दा बढी घरपरिवारहरू लालपुर्जाविहीन बसोबास गर्नुपरेको गुनासो उम्मेदवार थापा समक्ष व्यक्त गरे। समाज बनाउने जिम्मा हामी सबैको भएकोले समाजका सम्पूर्ण पाटाहरूलाई केन्द्रसँग समन्वयत्मक भूमिका निर्वाह गर्ने अवसर दिन उम्मेदवार थापाले मतदातासँग आग्रह गरे। नीतिगत र योजनात्मक विकासमा छुट्टाछुट्टै भूमिका निर्वाह गरेर जनमुखी विकास र निकास दिनु आफ्नो उद्देश्य रहेको कास्की क्षेत्र नम्बर २ नेकपा उम्मेदवार अमोद थापाले बताए।




प्रतिक्रिया