singel post top banner

आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, चैत्र ७, २०८१
|
|
९१ पटक हेरिएको
Shares
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै

सारांश

  • काठमाडौं, चैत ७ ।
  • माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ।
  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ।

काठमाडौं, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ। गत वर्ष २०८० को एसईई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ।

परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ।

यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
मा.प.से. गरी स्कूल बस चलाउने पाँच चालक नियन्त्रणमा
मा.प.से. गरी स्कूल बस चलाउने पाँच चालक नियन्त्रणमा
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
आजको मौसमः देशको पहाडी भुभागमा पानी पर्न सक्ने
राधिका कँडेल सञ्चारिका गण्डकीको अध्यक्ष
राधिका कँडेल सञ्चारिका गण्डकीको अध्यक्ष
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
singel sidbar banner
singel sidbar banner 2