singel post top banner

आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
२३२ पटक हेरिएको
Shares
आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने

सारांश

  • फ्रेन्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ व्वाइज यूनाइटेड क्लव २५ औं आहा !
  • रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटरफाइनलमा प्रबेश गरेको छ ।
  • पोखरा रंगशालाको फुटबल मैदानमा आज (शुक्रबार) भएको अन्तिम प्रि—क्वाटरफाइनल खेलमा प्लानिङ व्वाइजले फ्रेन्ड्स क्लवलाई ४—० को एकतर्फी गोलको अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

फ्रेन्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ व्वाइज यूनाइटेड क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (शुक्रबार) भएको अन्तिम प्रि—क्वाटरफाइनल खेलमा प्लानिङ व्वाइजले फ्रेन्ड्स क्लवलाई ४—० को एकतर्फी गोलको अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।प्लानिङ व्वाइजको जितमा एलेक्स विलियनले एक र पापा अवि केवेले ह्याट्रिक पूरा गर्नु भयो । खेलको २४ औं मिनेटमा एलेक्सले पेनाल्टी मार्फत गोल गरी टिमलाई अग्रता दिलाउनु भयो । केवेले खेलको ४५, ५४ र ८१ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गर्नुभयो । आजको खेलमा प्लानिङ व्वाइजका केवे म्यान अफ दी म्याच घोषित हुनु भयो । फ्रेन्ड्स क्लवले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा पहिलो चरणको खेलबाटै बाहिरिनु पर्यो । प्लानिङ व्वाइजले अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली आवा फुटवल क्लव बिच खेल हुने भएको छ ।यसैबिच, भोलि शनिबार पहिलो क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लव र नेपाल पुलिस क्लव बिच दिउसो ३ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । शनिबार देखि दर्शकहरुको उत्साहजन सहभागिता हुने भएको सहारा क्लवका अध्यक्ष केशवबहादुुर थापाले बताउनु भयो । हिमश्री फुड्स प्रालिको उत्पादन आहा पिरो चाउचाउले प्रतियोगिताको अवसरमा पकाएको चाउचाउ निःशुल्क स्वाद परिक्षणको लागि वितरण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2