singel post top banner

७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
९९ पटक हेरिएको
Shares
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा

सारांश

  • उमेरले छेक्न नसकेको प्रचारः अठहत्तर बर्षीय प्यासी मत माग्दै घरदैलोमा राष्ट्रिय समाचार समिति(रासस) गण्डकी, १७ फागनु ः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी कास्कीमा दिनदिनै बढ्दो छ ।
  • घरदैलो अभियानले तिब्रता पाउँदै गर्दा उम्मेदवारसंगै मत माग्दै हिडँने नेता कार्यकर्ताको भीड देखिन्छ ।
  • तर यस पटकको दृष्यमा एउटा विशेष उपस्थितिले सवैको ध्यान खिचिरहेको छ त्योहो ७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासीको निरन्तर सहभागिता ।

उमेरले छेक्न नसकेको प्रचारः अठहत्तर बर्षीय प्यासी मत माग्दै घरदैलोमा
राष्ट्रिय समाचार समिति(रासस)
गण्डकी, १७ फागनु ः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी कास्कीमा दिनदिनै बढ्दो छ । घरदैलो अभियानले तिब्रता पाउँदै गर्दा उम्मेदवारसंगै मत माग्दै हिडँने नेता कार्यकर्ताको भीड देखिन्छ । तर यस पटकको दृष्यमा एउटा विशेष उपस्थितिले सवैको ध्यान खिचिरहेको छ त्योहो ७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासीको निरन्तर सहभागिता ।
नेकपा एमालेका  कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रश्मी आचार्यको घरदैलो कार्यक्रममा प्यासी उम्मेदवारसंग संगसंगै हिँडिहनु भएको छ । उमेरले ढल्किँदै गएपनि उर्जा र प्रतिवद्धतामा कमी नआएको उनको उपस्थितिले अभियानलाई भावनात्मक उचाई दिएको छ ।
२०४३ सालमा जनपक्षीय उम्मेदवारका रुपमा बाल्टी चिन्ह लिएर चुनाव जितेका प्यासीलाई अहिले पनि मतदाताले त्यो ऐतिहासिक क्षण सम्झाईदिन्छन् । पञ्चायती व्यवस्थाको कठोर समयमा जनताको मतवाट विजयी बन्नुभएको उहाँले प्रजातन्त्र स्थापनापछि २०४८ सालको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. ४ बाट समेत विजयी हुनु भएको थियो ।
कोशी प्रदेशको प्रदेश प्रमुखको समेत भूमिका निर्वाह गर्नुभएका प्यासी घरदैलोका क्रममा मुस्कुराउँदै भन्नुहुन्छ, “प्रचारमा उमेरले छेक्दैन, विचार र विश्वास बलियो भए पुग्छ ।” उहाँको यही सक्रियता अहिलेका युवा कार्यकर्ताका लागि प्रेरणा बनेको छ ।
रश्मी आचार्यको अभियानमा प्यासीको उपस्थिति केवल समर्थन मात्र होइन, एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण भईरहेको राजनीतिक निरन्तरताको संकेत पनि हो । पाँच छ दशक लामो राजनीतिक यात्राले उनलाई मतदातावीच विश्वासको प्रतिक बनाएको छ ।
घरघरमा पुग्दा मतदाताले उहाँलाई पुराना संघर्षका दिन सम्झाउँछन् भने युवा पुस्ताले जीवित इतिहासका रुपमा हेर्ने गरेका छन् । कतिपय कार्यकर्ता मात्र होईन मतदाता समेत उहाँसंग फोटो र भिडियो बनाउन मोवाईल निकाल्ने गरेका छन् ।
यस पटकको निर्वानमा एमाले उम्मेदवार रश्मी आचार्यको पक्षमा मत माग्दै हिंडिरहेका प्यासीको सन्देश स्पष्ट छ राजनीति केवल पदका लागि मात्र होइन, रिन्तर प्रतिवद्धताका लागि हो । कास्की २ को चुनावी माहोलमा उहाँको उपस्थिति एउटा सशक्त सन्देश वनिरहेको छ उमेर होइन, उत्साह र आस्थाले नै अभियानलाई चलायमान बनाउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क  कार्यलय स्थापना
रास्वपा कास्की–२ द्धारा क्षेत्र नम्बर २ का बिभिन्न स्थानमा सम्पर्क कार्यलय स्थापना
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन
संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
गोली प्रहारबाट सब-इन्जिनियर यादवको मृत्यु
गोली प्रहारबाट सब-इन्जिनियर यादवको मृत्यु
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट
सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा
कास्की प्रशासनलाई श्रम सस्कृती पार्टीको ध्यानाकर्षण
कास्की प्रशासनलाई श्रम सस्कृती पार्टीको ध्यानाकर्षण
singel sidbar banner
singel sidbar banner 2