singel post top banner

आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, फाल्गुन ४, २०८२
|
|
२२१ पटक हेरिएको
Shares
आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा

सारांश

  • जावलाखेल युथ क्लबले २५औँ आहा!
  • रारा पोखरा गोल्डकपअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
  • यो जित सँगै आहा!

जावलाखेल युथ क्लबले २५औँ आहा! रारा पोखरा गोल्डकपअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।यो जित सँगै आहा! रारा पोखरा गोल्डकपमा आइतबार सम्पन्न खेलमा जावलाखेल प्रतियोगिताको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो ।जावलाखेलले पहिलो गोल धर्मेन्द्र कुँवरमार्फत गरेको थियो । चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले डाइभ गर्दै बल समात्ने क्रममा हातबाट फुत्काएपछि धर्मेन्द्रले कुनै गल्ती नगरी अवसरको सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।दोस्रो गोल जमैकन खेलाडी निकोलस ह्यामिल्टनले गरे । उनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोलरक्षक दीप कार्कीलाई बीट गर्दै सुन्दर गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।दोस्रो गोल भएको दुई मिनेटमै, खेलको ९०औँ मिनेटमा सुजन गुरुङले तेस्रो गोल थपे । जितसँगै जावलाखेल युथ क्लब उच्च मनोबलका साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबारको तेस्रो क्वार्टरफायनल खेल मनाङ मर्स्याङदी क्लब र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडका बीच हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2