फेवातालमा कार खस्यो,२४ वर्षीय अदित गुरुङको मृत्यु
सारांश
- पोखरामा आज विहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
- पोखरा महानगरपालिका–६ पामेस्थित गैहको चौतरा नजिक विहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो ।
- स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिँहले जानकारी दिनुभयो।
पोखरामा आज विहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–६ पामेस्थित गैहको चौतरा नजिक विहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो । स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिँहले जानकारी दिनुभयो।कार चालकले नियन्त्रण गुमाई कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी उपरीक्षक सिँहको कमाण्डमा कालिका गणबाट खोताखोर सहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।




प्रतिक्रिया